काठमाडौं। गोल्यान पावर लिमिटेड र प्रोजिल ग्रिन इनर्जी लिमिटेडबीच सम्झौता भएको छ। दीगो ऊर्जा प्रवर्द्धन गर्न यी दुई कम्पनीबीच संयुक्त उपक्रम सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा गोल्यान पावरका निर्देशक अक्षय गोल्यान र प्रोजिल ग्रिन इनर्जीका निर्देशक शोबित बैजनाथ रायले हस्ताक्षर गरेका छन्।
दिगो ऊर्जाको क्षेत्रमा दुई कम्पनीको संयुक्त विशेषज्ञतालाई उपयोग गर्ने साझा प्रतिबद्धतासमेत सम्झौतामार्फत जनाइएको छ।