तनहुँ। तनहुँको सदरमुकाम दमौली बजारको सडकमा विजुलीको पोल गाड्ने काम हुँदैछ। मुग्लिङ पोखरा पृथ्वी राजमार्ग सडक विस्तारको कममा दमौली बजार सडक किनारमा पोल गाड्ने कार्य भइरहेको हो।
पोल गाड्ने कामका कारण दमौली र यस आसपासमा मङ्गलबार देखि छ दिनसम्म दैनिक सात घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको विद्युत प्राधिकरणको तनहुँ वितरण केन्द्रले जनाएको छ।
उक्त पोलमा नयाँ लाइन विस्तार गरी पुरानो संरचनाहरू हटाउने कार्यको लागि भदौ २५ गते देखि ३० गते सम्म दमौली फिडरवाट विद्युत् आपूर्ति हुने क्षेत्रमा अवरुद्ध हुने केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार व्यास नगरपालिकाको वडा नं १,२,३,४ दमौली बजार र वडा नं ५ को चाप घाट, पाटन, मानुङ्गकोटमा आवश्यकता अनुसार विहान १० बजे देखि साँझ ५ बजे सम्म विद्युत् आपूर्ति बन्द हुने छ।