काठमाडौं। धनगढी उपमहानगरपालिका–२ मा निर्माण भएको बायोग्यास प्लान्टबाट उत्पादन सुरु भएको छ। उक्त बायोग्यास प्लान्टबाट जैविक मल र खाना पकाउने एलपी ग्यासको उत्पादन भइ बिक्रिवितरण समेत सुरु भएको हो।
बायोग्यास प्लान्टको दैनिक मलको उत्पादन क्षमता ३ हजार ५०० किलो रहेकामा हाल प्रतिदिन २ हजार किलोग्राम उत्पादन भइरहेको बताइएको छ।
खाना पकाउने एलपी ग्यासको दैनिक उत्पादन गर्ने क्षमता १ हजार किलोग्राम रहेकोमा जल ५०० किलोग्राम उत्पादन भइरहेको छ। प्लान्टबाट उत्पादित जैविक मलको मूल्य प्रतिकिलो २० रुपैयाँ र ग्यास (प्रतिसिलिन्डर) को १ हजार ४ सय ५० रुपैयाँ कायम गरिएको बताइएको छ।