काठमाडौं। ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनीहरुले मिलेर निर्माण गर्ने भएका छन्। भारतीय निजी कम्पनी जीएमआर इनर्जी लिमिटेडले लगानी जुटाउन नसकेर १६ वर्षदेखि होल्ड गर्दै आएको आयोजनामा थप दुई भारतीय कम्पनीले सहकार्य गर्ने भएका हुन्।
भारतको नवीकरणीय ऊर्जा विकासमा काम गर्दै आएको अर्को कम्पनी रिन्यूएवल इनर्जी डेभलपमेन्ट एजेन्सी लिमिटेड (इरेडा) ले जीएमआरसँग सहकार्य गर्ने भएका हुन् । जीएमआर ग्रुप, एसजेभीएन र इरेडाबीच गत सोमबार त्रिपक्षीय समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको छ।
जीएमआर ग्रुपको शतप्रतिशत स्वामित्वमा रहँदै आएको जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडको केही प्रतिशत शेयर स्वामित्व समेत लिने गरी यी दुई कम्पनी आयोजना निर्माणमा सहकार्य लागेको बताइएको छ।