काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा ९८ प्रतिशत विद्युतीकरण भइसकेको बताएका छन्। नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले नेपालमा ९८ प्रतिशत विद्युतीकरण भइसकेका जानकारी दिएका हुन्।
उनले नेपालले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट उत्पादन लक्ष्य राखेको र उक्त लक्ष्य पूरा गर्न सकिने दाबी समेत गरे। अध्यक्ष कार्कीले नेपालले भारतमा १० वर्षमा १० हजार मेगावाट लैजाने सम्झौता भएको स्मरण गराउँदै त्यसका लागि ४६ खर्ब रुपैयाँ लगानी आवश्यक रहेको जानकारी समेत गराए।