काठमाडौं। आज देशभर आंशिकदेखि साधारणतया बदली जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
तीन वटा प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको हो।
यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका केही भागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।