काठमाडौं। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा विद्युतीकरण गरिएको छ। साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरिएको हो।
हालचालै उक्त क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको विद्युत् नपुग्ने भएपछि सोलार जडान गरेर विद्युतीकरण गरिएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ।
साङ्ताका १३ घरपरिवा लाभान्वित हुने गरी ४४ लाख लागतमा १० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको बताइएको छ।
आफ्नो जिवनयापन अन्धकारमा गुजारी रहेको स्थानीयमा खुशी छाएको छ। थोरै क्षमताको सोलार जडान गरेर जिवन यापन चलाएका स्थानीयले अब टेलिभिजन हेर्नदेखि मोबाईल फोन चार्ज गर्न समेत सक्नेछन्।