काठमाडौं। समयमा काम नगर्ने १० वटा निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने तयारी गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने तयारी गरेको हो।
कार्यालयले आज (सोमबार) सूचना प्रकाशन गर्दै समयमा काम नगर्ने १० वटा निर्माण कम्पनीको नामावली सहित उनिहरुलाई कालोसुचिमा राखिने तयारी भएको जनाएको छ।
विभिन्न १० वटा निर्माण कम्पनीलाई विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भएर आएको कार्यालयले जनाएको छ। सिफारिस भएर आएपछि कार्यालयले विभिन्न १० वटा निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण पेस गर्न ३० दिनको समय दिएको थियो। तर हालसम्म लिखित स्पष्टीकरण पेस नभएको सूचनामा उल्लेख गरिएको छ।
कार्यालयले आजको दिनदेखि सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पुनः समय दिएको छ। सो समयभित्र पनि लिखित स्पष्टीकरण पेस नभएमा कार्यालयले विधिवत् रूपमा कालोसूचीमा राख्ने निर्णय गर्ने जनाइएको छ। साथै यसै सूचनालाइ अन्तिम सूचना मानेर कालोसूचिमा राख्ने कार्यालयले जनाएको छ।
