सांकेतिक तस्बिर
काठमाडौं। चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइनको तार तान्न ड्रोनको प्रयोग गरिएको छ। अफ्ट्यारो स्थानमा रहेको टावर नम्बर २६ र २७ बीचको तार तान्न ड्रोनको प्रयोग गरिएको हो।
त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न यो लाइनको प्रयोग हुनेछ।
१११ मेगावाटको रसुवागढी र ४२ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली यही प्रसारण लाइनबाट प्रवाह हुने छ। यी दुवै आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन्।