काठमाडौं। मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि अवरुद्ध भएको छ। लोकमार्गको रुकुमपश्चिम सानीभेरी गाउँपालिकास्थित चाइना बगर नजिकै पहिरो झरेपछि अवरुद्ध भएको हो।
सडक कालोपत्रेको लागि कटिङ गर्ने क्रममा पहिरो झरेको थियो। पहिरो पन्छाउने काम ढिलो भएका कारणले लोकमार्ग अवरुद्ध रहेको छ। पहिरो झरेगलत्तै हटाउन प्रयास भइरहेको भएतापनि पहिरो धेरै ठुलो भएकाले काम ढिला भएको हो। मंगलबारसम्म सडक सुचारु हुने अनुमान गरिएको सानी भेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए। लोकमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन्।