काठमाडौं। ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधमा पहिरोले क्षति पुगेको छ। पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति पुगेको हो।
बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्र्याउने पोखरी र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहरमा क्षति पुगेको आयोजनाले जनाएको छ।
माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझदेखि नै विद्युत् उत्पादन बन्द गरिएको थियो।