काठमाडौं। २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सरकारले उक्त निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको हो।
कार्यालयले आज (मङ्गलबार) सूचना निकाल्दैँ कालोसूचिमा राखिएको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट आएको सिफारिसका आधारका कालोसूचीमा राखेको कार्यालयले जनाएको छ।
कालोसूचीमा राखिएका निर्माण कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। सरकारी शर्त र सम्झौताअनुसार काम नगरेकाले सबै प्रक्रिया पूरा गरेर सरकारले १ देखि ३ वर्षसम्म कालोसूचीमा राख्ने निर्णय गरेको हो।
