काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–५ दाउन्नेमा सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ। वर्षाका कारण सडक भाँसिएपछि प्रसारण लाइनको टावर समेत ढलेको हो।
प्रसारण लाइनको टावर ढल्दा त्यस क्षेत्रको विद्युत पूर्ण रुपमा अवरुद्ध बनेको छ। विशेष गरेर १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत् आपूर्ति लिइरहेको होशी शिवम् सिमेन्टको विद्युत् आपूर्ति पूर्ण रुपमा बन्द भएको छ।
सोमबार टावर ढलेसँगै विद्युत आपूर्ति बन्द भएपछि उद्योग समेत बन्द हुन पुगेको छ। उद्योगलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिने तयारी भइरहेको नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखाले जनाएको छ ।