काठमाडौं। तामाकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याइने भएको छ। गत असोज १२ गतेको बाढीले क्षति पुगेको प्रसारण लाइनको टावरलाई आपतकालीन पुनस्र्थापना प्रणाली टावर प्रयोग गरी सञ्चालनमा ल्याइने भएको हो।
नेपाल विद्युत प्राधिकरणले आफैंसँग रहेको इआरएस संरचनाको प्रयोग गरी उक्त प्रसारण लाइन सञ्चालनमा ल्याउन लागेको हो। यसका लागि इआरएस टावर जडान गरिसकिएको छ ।
बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो। टावर बगेपछि ४ वटा टावरको तारमा पनि क्षति पुगेको थियो।