तनहुँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनबारे सत्तारुढ गठबन्धनको साझा धारणा छिट्टै सार्वजनिक हुने बताए।
गृहजिल्ला तनहुँको दमौली पुगेका मन्त्री श्रेष्ठले सत्तारुढ गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको बताएका हुन्।
उनले कार्यदलमार्फत गठबन्धनले एमसीसीबारे छिट्टै साझा धारणा सार्वजनिक गर्ने जानकारी दिए। एमसीसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको उनको भनाइ छ।