काठमाडौं। १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुआब्जा वितरण कार्य अन्तिम चरणमा पुगेकाे छ।
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाका प्रभावितलाई मुआब्जा वितरण गर्ने कार्य हालसम्म ९८ प्रतिशत पूरा भएको हो।
आयोजनाका अनुसार डुवानमा पर्ने जग्गा, घरटहरा, बोटविरुवा, फलफूल, पसल लगायत शीर्षकमा ५५६ घर परिवारमध्ये ५२६ परिवारलाई मुआब्जा वितरण गर्ने काम सकिएको छ।
मुआब्जा वितरणको लागि एक अर्ब ३० करोड रकम विनियोजन गरिएको छ।