काठमाडौं। राम जानकी हाइड्रोपावर प्रालिले संखुवासभाको अप्सुवा खोलामा दुई वटा जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। प्रालिले अप्सुवा खोलामा ३५.१५ मेगावाटको माथिल्लो अप्सुवा खोला र २२.२४८ मेगावाटको अप्सुवा खोला–१ को निर्माण प्रक्रिया अगाडी बढाएको हो।
दुवै आयोजनाको गत असोज २१ गते विद्युत् खरिद सम्झौता (पीपीए) समेत सम्पन्न भइसकेको छ। सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका अध्यक्ष होमकान्त चौलागाईले हस्ताक्षर गरेका छन् ।
सम्भाव्यता अध्ययन पूरा भइसकेको आयोजना अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृतिको चरणमा रहेको बताइएको छ।