फाइल तस्बिर
काठमाडौं। २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ खन्ने काम सकिन लागेको छ। आयोजनाको मुख्य सुरुङ अबको एक महिनाभित्र ब्रेक थ्रु हुने भएको हो।
आयोजनाबाट आगामी बैशाखभित्र बिजुली उत्पादन गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ।
कास्कीको पोखरा महनागरपालिकामा सेती हाइड्रो पावर प्रालिले निर्माण गरिरहेको आयोजनाको काम हालसम्म ७७ प्रतिशत सम्पन्न भएको छ।