फाइल फोटो
काठमाडौं। सुर्खेतको चौकुनेमा लिफ्ट सिँचाइ आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। हालसम्म ९७ प्रतिशत काम सम्पन्न भएको हो।
तीन करोड ६० लाख लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सुरु गरिएको हो।
२०८१ जेठ १६ गते ठेक्का सम्झौता गरी लिफ्ट सिँचाइ निर्माणको काम सुरु गरिएको ऊर्जा विकास निर्देशनालय सुर्खेतले जनाएको छ। २०८२ असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरिएको बताइएको छ।
उक्त सिँचाई आयोजना निर्माण भएपछि यहाँका स्थानीय निकै हर्षित भएका छन्। अझ किसानहरु निकैनै खुशी भएका छन्। आयोजना निर्माण सम्पन्न भएपछि आफूहरुलाई तरकारी लगाउन देखि हरेक कुरामा सहज हुने उनिहरुले बताए।