काठमाडौं। रत्न राजमार्गमा बबइ–छिन्चु सडक सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न तयारी थालिएको छ। गुणस्तर अनुसन्धान विकास केन्द्रले सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न ठेक्का आह्वान गरेको हो।
केन्द्रले परामर्शदाता कम्पनी नियुक्त गरेर अध्ययन गर्न लागेको छ। आगामी वर्षभित्रै प्रतिवेदन तयार पार्ने गरी अध्ययन अघि बढाउन लागिएको केन्द्रले जनाएको छ।
नेपालगन्ज–सुर्खेत जोड्ने सडकमा यो सुरुङमार्ग निर्माण हुनेछ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत यो वर्षका लागि सातवटा सुरुङमार्गको योजना थपेका थिए। सोही सूचीमा बबइ–छिन्चु पनि परेको छ।