काठमाडौं। राम जानकी हाइड्रोपावर प्रालिले संखुवासभाको अप्सुवा खोलामा जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। प्रालिले अप्सुवा खोलामा २२.२४८ मेगावाटको अप्सुवा खोला–१ को निर्माण गर्ने भएको हो।
उक्त आयोजनाको गत असोज २१ गते विद्युत् खरिद सम्झौता (पीपीए) समेत सम्पन्न भइसकेको छ। सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका अध्यक्षले हस्ताक्षर गरेका छन्।