भैरहवा। रुपन्देहीमा आयल निगमको डिपो निर्माण गर्ने भएको छ। नेपाल आयल निगम लिमिटेडले रुपन्देहीमा डिपो निर्माण गर्ने भएको हो।
जिल्लाको रोहीणी र ओमसतिया गाउँपालिकाको सिमानामा रहेको रोहिणी नदीको तिरमा डिपो निर्माण गरिने बताईएको छ।
सोही डिपो निर्माण गर्ने सम्बन्धमा काठमाडौं विश्वविद्यालय (केयु) बीच परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सम्झौता भएको निगमले जनाएको छ।