बैतडी। दार्चुलाको मार्मा गाउँपालिकामा सबस्टेसन निर्माण गरेको छ। नेपाल विद्युत् प्राधिकरणले उक्त विकट स्थानमा सबस्टेशन निर्माण गरेको हो।
१२ करोड ७८ लाख लागतमा ३३ केभी विद्युत्को सबस्टेसन निर्माण गरिएको प्राधिकरणले जनाएको छ।
सबस्टेशन निर्माण सम्पन्न भएपछि प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जङ्गबहादुर चन्द र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले संयुक्त रूपमा उद्घाटन गरेका छन्।
सबस्टेशन निर्माण भएपछि गाउँगाउँमा विद्युत विस्ता हुँदा स्थानीय निकै उत्साहीत भएका छन्। यती छिट्टै अन्धकारबाट यस्तो उज्यालोमा बस्न पाउँछौँ भन्ने नसोचेको उनिहरुले बताए।