काठमाडौं। सिरहाको गोलबजार नगरपालिका-१ स्थित गागन खोलाबाट प्रहरीले एस्काभेटर र टिपर नियन्त्रणमा लिएको छ। अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा मंगलबार प्रहरीले एउटा एस्काभेटर र एउटा टिपर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको डोजर र टिपर चोहर्वास्थित सवडिभिजन वन कार्यालयमा राखिएको छ ।
डिभिजन वन कार्यालय, लहानका अनुसार मंगलबार बिहान ३ बजेतिर विशेष सूचनाका आधारमा लहानको टोली खोलामा गएको थियो । तर, उक्त टोलीले मात्रै ती गाडी नियन्त्रणमा लिन असम्भव भएपछि चोहर्वाबाट पनि थप टोली खोलामा गएको थियो ।