काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिकै बस दुर्घटना भएको छ। बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ८५५ १ नम्बरको बसले मधेश प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा परेर बसमा सवार ६ यात्रु घाइते भएका छन्। घाइते यात्रुहरुलाई उपचारका लाग चितवनको भरतपुर पठाइएको र सबैको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।