काठमाडौं। पाल्पामा भारतीय नम्बरको स्कार्पिओ दुर्घटनामा परेको छ। पोखराबाट पाल्पा हुँदै सुनौलीतर्फ गइरहेको बिआर २२ बिडी २०३० नम्बरको भारतीय स्कार्पियो बुधबार साँझ दुर्घटनामा परेको हो ।
दुर्घटना परी छ जना घाइते भएका छन् । स्कार्पिओ सडकदेखि १५० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेलाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ । दुर्घटना के कारणले भएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।