सुर्खेत। कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन निर्माण कार्यमा स्थानीयको अवरोध कायम छ। उच्च अदालतले रिट खारेज गर्दा पनि कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध कायमै रहेको हो ।
बाँकेको वैजनाथ गाउँपालिकास्थित बानियाभारमा ३ र गाभरमा १२ वटा टावर निमार्ण गनुपर्ने थियो । गाभरको विवाद समाधान भएर पनि टावरको मुआब्जा निर्धारणको काम भइसकेको छ । टावरमुनिको पनि मूल्यांकन भइरहेको छ । अबको केही दिनमा यो पनि सक्ने तयारी छ । तर स्थानीयले अवरोध गर्न नछोडेपछि बानियाभारको काम अझै सुरु हुन सकेको छैन ।
उचित मुआब्जा पाउनुपर्ने अडान राख्दै आएका स्थानीयबासीहरूले आयोजनाको काम अघि बढाउन दिएका छैनन् ।