काठमाडौं। डोल्पा जिल्लाको मुडकेचुला गाउँपालिकामा निर्माण हुने १०६ मेगावाटको जगदुल्ला जलविद्युत कम्पनीले पुनः ठेक्का आह्वान गरेको छ। जगदुल्ला हाइड्रोपावर कम्पनीले सिभिल र हाइड्रोमेकानिकल कामको लागि ठेक्का आह्वान गरेको हो।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, प्रक्र्युमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा ठेक्का आह्वान गरिएको छ। आयोजनाले फागुन २१ गतेसम्म आवेदन दिन सक्ने गरी ठेक्का आह्वान गरेको हो।
रन अफ रिभरमा आधारित यो १०६ मेगावाट क्षमतामा निर्माण हुने आयोजना ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। यसअघि आयोजनाले जेठ २० गते आयोजनाको यही कामको लागि ठेक्का आह्वान गरेकोमा गत पुस २३ गते रद्द गरिएको थियो।