सर्लाही। सर्लाहीमा विद्युतको तार सर्ट भएर आगलागी भएको छ । रामनगर गाउँपालिका ३ रामटोल बस्ने अनुप महराको कच्ची फुसको घरमा सोमबार राति साढे ७ बजे आगलागी भएको हो।
आगलागी हुँदा घर पूर्णरुपमा जली नष्ट भएको छ भने घर भित्र रहेको ५ वटा बाख्रा मरेका छन् ।
आगलागीमा परेर लताकपडा, कागजपत्र, अन्नपात, नगद १० हजारसहित जम्मा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी सर्लाहीले जनाएको छ। प्रहरी चौकी खैर्वा बहुर्वाबाट असई बालकिशोर साहको कमान्डमा १० जनाको टोली खटिगएर प्रहरी र स्थानीयवासीको सहयोगमा १ घण्टा भित्रै आगो नियन्त्रणमा लिइएको थियो ।