काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सर्वसाधरणको लगानीबाट मात्रै जलविद्युत क्षेत्रको विकास सम्भव भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले सर्वसाधरणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास सम्भव भएकाले जलविद्युत आयोजनाको आइपिओ रोकिनु दुःखद भएको बताएका हुन्।
हाल नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रका १२ हजार मेगावाटका आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको घिसिङले बताए। उनले नेपालको विद्युत उत्पादन क्षमता ३५ सय मेगावाट पुगे पनि मौसम परिवर्तनले पानीको बहाब घट्दा हिउँदमा ११ सय मेगावाट हाराहारी मात्रै उत्पादन भइरहेको पनि बताए।
२८ हजार ५०० मेगावाट विद्युत पुर्याउनको लागि विद्युत प्राधिकरण त्यो भन्दा २० प्रतिशत थप पिपिए खोल्ने पक्षमा रहेको घिसिङले बताए।