झापा। दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिएको छ। निर्माण गरि परीक्षण सफल भएपछि निर्माण कम्पनीले अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ।
विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालका अध्यक्षसमेत रहेका दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन्।
अस्पतालका लागि अक्सिजन प्लाट निर्माण गर्ने कार्य डेढ वर्ष अघिदेखि शुरु गरिएको थियो। कम्तीमा तीन वर्षसम्मको सञ्चालन तथा मर्मत सम्भारको काम युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसेज (युएनओपीएस) मार्फत हुने बताइएको छ। प्रतिघण्टा ४० घनमिटर उत्पादन क्षमताको प्लान्टले अब यस क्षेत्रमा अक्सिनको समस्या नहुने अधिकारीले बताइन्।
अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भइरहेकाले अब हरेक शय्यमा पाइपलाइनबाट अक्सिजन पुर्याउने लक्ष्य छ । विसं २०७३ मा स्वास्थ्य चौकीबाट स्तरोन्नति भएर हाल १५ शय्याको रुपमा दमक अस्पताल बनेको हो ।