काठमाडौं। संखुवासभाको खाँदबारी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति १० बजे भएको मोटरसाइकल दुर्घटनामा पिलुवाखोला हाईड्रोपावरमा काम गर्ने प्यूठानका एकम अधिकारीको मृत्यु भएको हो।
प्रहरीका अनुसार खाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको प्र १/०२/०५३ प ८१४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका अधिकारी गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।