काठमाडौं। कर्णाली प्रदेश सरकारले यो वर्ष प्रदेशमा सानाठूला गरेर तीन सय ७० वटा शैक्षिक पूर्वाधार निर्माण गर्ने भएको छ । प्रदेश सरकारले ३७० वटा शैक्षिक पूर्वाधार निर्माण गर्न एक अर्ब १० करोड बजेट विनियोजन गरेको हो।
दर्जनभन्दा बढी क्याम्पसको पूर्वाधार निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको छ । गत वर्ष बजेटको स्रोत सुनिश्चित नगरी पूर्वाधार निर्माणको काम थाल्दा शैक्षिक भवन अलपत्र हुने गरेका थिए ।
यो वर्ष बजेटको स्रोत सुनिश्चित गरेर मात्र पूर्वाधार निर्माण गर्ने सरकारको नीति अनुरूप काम सुरु गरिएको छ । दर्जनभन्दा बढी क्याम्पसका भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरेर काम सुरु गरिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
सुर्खेतका विभिन्न पालिकामा शैक्षिक पूर्वाधार निर्माणको काम सुरु गरिएको निर्देशनालयले जनाएको छ। ठाउँ ठाउँमा क्याम्पस पूर्वाधार निर्माणको काम सुरु समेत भइसकेको छ।