काठमाडौं। नेपाल सरकारले भारतलाई साँझमा २३० मेगावाट बिजुली उपलब्ध गराउन अनुरोध गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावासलाई उक्त प्रस्ताव पठाइएको हो।
नेपालमा सुक्खायाम सुरु भएसँगै उद्योगहरूमा लोडसेडिङको अवधि बढ्दै गएपछि बुधबार साँझ ६ देखि राति १० बजेसम्मका लागि बिजुली आपूर्ति गर्न भारतलाई अनुरोध गरेको बताइएको छ।
हाल नेपालमा औद्योगिक क्षेत्र दैनिक १२ घण्टासम्म लोडसेडिङको मारमा परेको छ । भारतबाट हाल दैनिक ७ सय मेगावाटभन्दा बढी बिजुली आयात भइरहे पनि पछिल्लो समय भारतले बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्र बिजुली उपलब्ध गराउने नीति लिएको छ। जसका कारण उद्योगहरू प्रभावित भएका छन् ।