ताप्लेजुङ। ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका–६ साम्तोङका १ सय ११ परिवारलाई सोलार बत्ती वितरण गरिएको छ । कोशी प्रदेश खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालयको ३४ लाख रुपैयाँको लागतमा सोलार बत्ती वितरण गरिएको हो।
एक घरमा चारवटासम्म बत्ती बाल्न र मोबाइल चार्ज गर्न मिल्ने ५० वाट क्षमताको सोलार वितरण गरिएको छ। सोलार बत्ती जाडान कार्य गत फागुन १५ गतेदेखि सुरु गरिएको थियो भने चैतको ६ गते सम्पन्न भएको छ।
उक्त सोलारको ब्याट्रीमा पानी लगाउनु नपर्ने र १० वर्ष सम्मको वारेन्टी रहेको बताइएको छ। विद्युत सेवा नपुगेको ठाउँमा सोलार बत्ती बाल्न पाउँदा स्थानीय हर्षित भएका छन्। साँझको काम गर्न, बालबालिकालाई लेखपढ गर्न, मोबाइल चार्ज गर्न सहज भएको उनीहरुको भनाइ छ।