महोत्तरी । गौशाला–सम्सी सडकको नाम ‘गोरेबहादुर खपाङ्गी मार्ग’ राखिने भएको छ ।
गौशाला नगरपालिकाको चैत्र ३१ गते सम्पन्न १३औं हिउँदे अधिवेशनबाट नगरपालिकाको पूर्वपश्चिम राजमार्गको माइस्थानदेखि गौशाला हुँदै नेपाल भारत सिमाना सम्सीसम्मको २६.५ किलोमिटर सडकको नाम ‘गोरेबहादुर खपाङ्गी मार्ग’ राख्ने निर्णय भएको हो ।
महोत्तरी जिल्ला, गौशाला नगरपालिका वडा नं. १ मा पर्ने पूर्व पश्चिम महेन्द्रराजमार्गको गौशाला चोकदेखि दक्षिणतर्फ भारतको बिहार प्रान्तको सितामढी जिल्लाको कन्हमा भन्ने ठाउँसँग जोडिएको छ ।
नेपालको सम्सीसम्मको करिब २६.५ किलोमिटर दूरीको राजमार्गको हालसम्म कुनै निश्चित नाम नरहेकोले मार्गको २६.५ किलोमिटर दूरीमध्ये गौशाला नगरपालिकाको क्षेत्रधिकारभित्र पर्ने राजमार्गको नाम गोरेबहादुर खपाङ्गी मार्ग राख्ने निर्णय पारित गरेको गौशला नगरपालिकाले जनाएको छ ।