काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँले घटाएको जनाएको छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।
मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने भएको छ ।
