रुकुम पश्चिम । जिल्लाका २१ हजार भन्दा बढी घरमा केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँच पुगेको छ । रुकुम पश्चिमका २१ हजार ८५५ घरमा केन्द्रीय विद्युत् प्रसारण लाइन मार्फत विद्युत जडान गरिएको हो ।
रुकुम पश्चिम विद्युत् वितरण केन्द्रले लाइन जडानका लागि केही महिनाअघि जिल्लाका लगत सङ्कलन गरेको थियो ।
जिल्लाका अझै १८ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण पुग्न बाँकी छ । हालसम्म सानीभेरी गाउँपालिका–५ र ७ तथा आठविसकोट नगरपालिका–३ मा केन्द्रीय विद्युत् प्रसारण लाइन पुग्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
जिल्लामा सञ्चालन भइरहेको पुनःविद्युतीकरण परियोजना तथा भम्पू चौर सबस्टेसनको काम सम्पन्न भएपछि जिल्लामा केन्द्रीय प्रसारण लाइनमा नसमेटिएका घरपरिवारलाई समेटिने बताइएको छ ।