काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले श्वेतपत्रमार्फत नेपाल विद्युत् प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याएको बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार मन्त्री खड्काले यस्तो बताएका हुन् ।
पत्रकारको विद्युत् प्राधिकरण घाटामा गएको हो प्रश्नमा मन्त्री खड्काले प्राधिकरणको अहिलेको यथार्थ सार्वजनिक गरिएको भन्दै अध्ययन गर्न सुझाव समेत दिए। उनले छिट्टै प्राधिकरणको पछिल्लो वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गराउने जानकारी दिएका छन् ।