काठमाडौं । २५ मेगावाट क्षमताको सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । आयोजना निर्माण सम्पन्न भएर औपचारिक उद्घाटन समेत गरिएको छ ।
भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवद्र्धित आयोजनाको विसं २०७७ सालमा निर्माण कार्य सुरु गरिएको थियो । २०८१ कात्तिक २७ गतेदेखि प्राधिकरणले विद्युत् खरिद गर्न शुरु गरेको छ । आयोजना सञ्चालनमा आएपछि हालसम्म हरेक महिना विद्युत् खरिद सम्झौतामा तोकिएभन्दा राम्रो ऊर्जा उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।
६ अर्ब लगानी रहेको सेतीनदी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सवस्टेसनसम्म १३२ केभी क्षमताको चार किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।