काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले कुलमान घिसिङको बर्खास्तपछिको विद्युत् आपूर्ति अवस्थामाथि गम्भीर प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद किरातीले हालैको पूर्वी नेपाल भ्रमणका क्रममा आफैँले पनि बत्ती गइरहेको अनुभव गरेको बताए ।
“के यो अघोषित लोडसेडिङ हो, कि विद्युत् प्राधिकरणको कमजोर व्यवस्थापनको परिणाम?” भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
उनले घिसिङ नेतृत्वमा नाफामा रहेको प्राधिकरण नयाँ कार्यकारी प्रमुखको श्वेतपत्रमा एकाएक सङ्कटग्रस्त देखिनु आशंकास्पद भएको उल्लेख गरे ।
“के प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने तयारी त होइन?” भन्दै उनले निजीकरणको सम्भावित षड्यन्त्रप्रति प्रश्न गरे ।