काठमाडौं। पूर्वमन्त्री एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले ऊर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्ने सुझाव दिएका छ । मंगलवार इप्पानको २३ औँ वार्षिक साधारण सभामा बोल्दै खरेलले नेपालको विकासलाई अघि लैजाने हो भने वन मन्त्रालयसँग सम्बन्धित समस्याहरू सहजीकरण गर्दै जानुपर्ने बताएका हुन् ।
उनले अहिले आएको विद्युत् ऐन सही नभएको समेत बताउका छन् ।
नेपालको विकासमा सबैभन्दा महत्त्वपूर्ण ऊर्जा क्षेत्र रहेको खरेलको भनाइ छ । उनले प्रसारण लाइन कि सरकारले बनाउने वा अर्को बाटो खोज्ने भन्नेबारेमा सोच्न जरुरी रहेका बताए ।