काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषा जिल्ला पुगेर ढल्केवर सवस्टेशनको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री खड्काले सबस्टेशनबाट प्रवाह भइरहेको अन्तरदेशीय प्रसारण लाइनको अवस्थाबारेमा विस्तृत जानकारी लिए।
ऊर्जामन्त्री खड्काले प्राधिकरणको कार्यक्षमता र सुधारका लागि आवश्यक पहल गर्न निर्देशन दिए । उनले विद्युत् आपूर्ति प्रणालीको सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्न प्राथमिकता दिनुपर्ने बताए ।
उनले ढल्केबर विद्युत् सबस्टेशनको अवस्थाबारे थप जानकारी प्राप्त गरेपछि भविष्यमा आवश्यक नवीकरण र विस्तारका उपायहरूलाई ध्यानमा राख्दै उपयुक्त निर्णय लिने प्रतिबद्धता व्यक्त गरे ।