हेटौंडा । हेटौँडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरु भएको छ । उद्योगका मेसिनहरु मर्मत सम्भार सकिएपछि सोमवारदेखि उत्पादन सुरु भएको हो ।
उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर रामबाबु साहले मेसिनमा समस्या देखिएपछि गत वैशाखदेखि बन्द भएको उद्योग मेसिन मर्मत गरी कोइला व्यवस्थापन भएपछि उत्पादन सुरु गरिएको जानकारी दिए।
उनले भने, ‘‘उद्योग चलाउन हामीलाई कोइलाको समस्या थियो । सिमेन्ट उत्पादन गरी बिक्री गरेर भुक्तानी गर्ने शर्तमा करिब एक हजार टन कोइला व्यवस्थापन गरेका छौँ । कोइलाको व्यवस्थापनसँगै हामीले उत्पादन सुरु गरेका छौँ ।”