महोत्तरी। महोत्तरी जिल्लाको मटिहानीमा बैठकका लागि भवन निर्माण गरिएको छ। २३ लाख लागतमा नगरस्तरीय योजना अन्तर्गत भवन निर्माण गरिएको हो।
अत्याधुनिक भौतिक पूर्वाधारका साथ निर्माण गरिएको भवनको बिहीबार दिउँसो एक समारोहकाबीच नगरप्रमुख हरिप्रसाद मण्डलले उद्घाटन गरेका छन्।
विगतमा नगरपालिकाको कार्यसम्पादनको लागि बैठक बस्नका निम्ति भवन नहुँदा समस्या हुने गरेको थियो। यो कक्षको निर्माण सम्पन्न भएपछि कुनै पनि विषयवस्तु माथि छलफल गर्नका लागि उपयुक्त ठाउँ भएको नगरपालिकाले जनाएको छ।