काठमाडौं। बिहीबार बिहान कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की आयो। साउदी ग्रुप नामको इमेलबाट बिहीबार बिहान बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम ह्याक गर्ने धम्की आएको हो।
धम्कीपूर्ण इमेल आएपछि बैंकले आफ्ना सबै सिस्टम बन्द गरेको थियो। साँझसम्ममा कुनै पनि समस्या नदेखिएपछि बैंकले पुन सिस्टम सञ्चालन गरेको छ।
धम्की कसले र किन दियो भन्ने विषयमा अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन्। यस बारेमा बुझ्ने काम भइरहेको बैंकले जनाएको छ।
बैंकहरुमा बेला बेलामा सिस्टम ह्याक गर्ने धम्की त कहिलेकाँही ह्याक गरिएको घटना समेत आइरहेका हुन्छन्। बैंक जहाँ करोडौँ, अरबौँको कारोबार भइरहेको हुन्छ। यस्तो क्षेत्रलाई तारगेट बनाउने ह्याकरहरु हुन् स्वभाविक हो। अझ हाम्रो मुलुकमा कमजोर प्रविधि र यस क्षेत्रमा दक्ष जनशक्ति अभावका कारण पनि ह्याकरलाई सहज हुने गरेको छ। कुनै ठूलो दुर्घटना हुनुपूर्व नै यस विषयमा सतर्क हुनु जरुरी देखिन्छ।
साथै बकाइदा इमोलमार्फत धम्की दिने व्यक्ति वा संस्था समयमै पत्ता लगाउन समेत नसक्नु हामी प्रविधिमा कति कमजोर छौँ भन्ने प्रमाण हो। जसको फाइदा यस्ता ह्याकरहरुले उठाइरहन्छन्।