काठमाडौं। बागलुङको बडिगाड गाउँपालिकाको दसौँ गाउँसभा ग्वालीचौरमा सम्पन्न भएको छ। उक्त सभाले बडिगाड गाउँपालिकाको स्वास्थ्य क्षेत्र व्यवस्थापनका लागि स्वास्थ्य व्यवस्थापन ऐन, २०७८ कला, भाषा, संस्कृति संरक्षणका लागि कला, भाषा, संस्कृति संरक्षण ऐन, २०७८ र टोल विकास संस्था गठन तथा सञ्चालनका लागि टोल विकास संस्था गठन तथा सञ्चालन कार्यविधि, २०७८ पारित गरेको छ।
यसैगरी सो सभाले चालू आर्थिक वर्षको बजेट पनि संशोधन गरेको छ। बडिगाड गाउँपालिकाभित्रका १० वटै वडामा निर्माणाधीन वडा कार्यालय भवनको निर्माण सम्पन्न हुने गरी बजेट विनियोजन गरीएको छ। उक्त गाउँपालिका चालू वर्षमै पालिकाको प्रशासकीय भवनसँगै सबै वडामा वडा कार्यालय भवन निर्माण गर्ने योजनासहित अगाडि बढेको हो।