पाल्पा नगरपालिकाको बाघखोरमा निर्माण भईरहेको शीतभण्डार अन्योलमा परेको छ ।
सम्झौता भएको ९ बर्ष सम्म पनि जयरक्तकाली जेभीको ढिलासुस्तीका कारण निर्माण कम्पनि अन्योलमा परेको हो ।
४ करोड ९९ लाख लागत लागेको शितभण्डारको काम २७ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीका अनुसार तानसेन नगर सरकार र निर्माण कम्पनी बीच १८ महिना भित्र २ हजार टन क्षमताको शीतभण्डारको काम सक्ने सम्झौता भएपनि निर्माण कम्पनीले कार्यान्यन गरेको छैन ।