तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि चितवनतर्फ रुख कटान सुरु भएको छ। अनुमति पाएपछि राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा रुख कटान, काठ सङ्कलन र सुरक्षित भण्डारणको काम अघि बढाइएको आयोजनाले जनाएको छ।
चितवनका विभिन्न सामुदायिक वनमा एक हजार २६३ वटा रुख कटान गरिनेछ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार स्वास्थ्य, सुरक्षा र वातावरणीय मापदण्ड पालना गर्दै काम भइरहेको छ।
३५ किलोमिटर लामो प्रसारण लाइनअन्तर्गत ९४ टावरमध्ये ७२ वटा जडान भइसकेका छन् भने आयोजनाको समग्र प्रगति ८१ प्रतिशत पुगेको छ।