रसुवाको भोटेकोशी नदी क्षेत्रमा पुनः लेदोसहितको बाढी बढे पनि माथिल्लो भेगमा नदी थुनिएर बनेको ताल स्थिर रहेको चिनियाँ पक्षले जनाएको छ।
बुधबार बिहान बाढी आएको रसुवाको भोटेकोशी क्षेत्रमा पुनः लेदोसहित पानीको बहाव बढेपछि नेपालले चिनियाँ पक्षसँग कुरा गर्दा उनीहरूले उक्त जबाफ दिएका हुन्।
'पानीको बहाव बढेको छ। तल्लो तटीय क्षेत्रमा यसअघि हिमपहिरो बर्फ र चट्टान खसेको थियो। तर नदी थुनिएर ताल बनेको माथिल्लो क्षेत्र स्थिर देखिन्छ। अहिले तत्कालै ताल फुटेर ठूलो बाढी आउने जोखिम छैन,' चिनियाँ पक्षलाई उद्धृत गर्दै परराष्ट्र मन्त्रालय स्रोतले भन्यो।